करार कर्मचारीलाई उपदान दिन सांसदको माग (भिडियोसहित) « Nagarik Khabar

करार कर्मचारीलाई उपदान दिन सांसदको माग (भिडियोसहित)



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपदान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका नेता दीलेन्द्रप्रसाद बडुले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उसले गरेको सेवा अवधिको मूल्यांकन गरी उपदान दिन सरकारसँग माग गरेको हुन् ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा उनले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्धबाट करारमा कार्यरत कर्मचारीहरुलाई बञ्चित गराउन नहुने तर्क पेश गरे ।

नेता बडुले करारमा कार्यरत कर्मचारीले गरेको सेवा अवधि बराबरको उपादानको व्यवस्था गर्दा उपयुक्त हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

समितिका अर्का सदस्य प्रेम सुवालले शैक्षिक प्रमाणपत्रको आधारमा कर्मचारीहरुको सेवा र सुविधाको व्यवस्था गर्न सरकारलाई सचेत गराए । उनले मुख्यसचिवको नियुक्ति मन्त्रिपरिषद बैठकले गर्न नहुने धारणा पनि राखे ।

समितिकी सदस्य रामकुमारी झाँक्रीले खुला प्रतियोगिताबाट सहसचिव नियुक्त गर्ने व्यवस्था प्रभावकारी नहुने धारण राखिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: