काम नगर्ने कर्मचारीलाई कडा कारवाही हुन्छ : मन्त्री पण्डित (भिडियोसहित) « Nagarik Khabar

काम नगर्ने कर्मचारीलाई कडा कारवाही हुन्छ : मन्त्री पण्डित (भिडियोसहित)



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पण्डितले सबै कर्मचारीहरुलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागिपरेको दावी पनि गरे ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उनले तत्काल करारमा रहेका कर्मचारीलाई हटाउने व्यवस्था नरहेको प्रष्ट पारे । उनले तत्कालका लागि खुला प्रणाली र करार दुवैबाट राष्ट्रिय आवश्यक्ताको आधारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि बताए ।

मन्त्री पण्डितले कर्मचारीहरुको मनोबल गिराउने काम सरकारबाट नहुने प्रतिवद्धता दोहोर्‍याए । जिम्मेवारीअनुसार कामै नगर्ने कर्मचारीलाई सरकारले कडा कारवाही गर्ने मन्त्री पण्डितको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: