‘गफ ठूला गर्ने, काम सिन्को नभाँच्ने प्रवृत्ति हावी भो’ (भिडियो) « Nagarik Khabar

‘गफ ठूला गर्ने, काम सिन्को नभाँच्ने प्रवृत्ति हावी भो’ (भिडियो)



काठमाडौँ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले कार्यकारी जिम्मेवारीमा रहेका व्यक्तिले काम नगर्दा पोखराको फेवाताल अतिक्रमण हट्न नसकेको बताएका छन् ।

नागरिक खबरसँग कुराकानी गर्दै उनले भने ‘आफूले नगर्ने अरूलाई पनि गर्न नदिने समस्या छ । मुख हुँदा हुँदै नाकले पानी खान भएन । गफ ठुला गर्ने, काम सिन्को नभाँच्ने प्रवृत्तिले समस्यामा परियो । कागजमा योजना बनाएर मात्र हुँदैन ।’ 

२२ हजार रोपनीमा रहेकोमा फेवाताल अहिले आएर ९ हजार ९ सय रोपनीमा सीमित भएको छ । लामो समयदेखि अतिक्रमण फेवातालको जग्गा फिर्ता गर्ने प्रयास गरिरहेको प्रदेशसभा सदस्य पहारीले जानकारी दिए । पोखरालाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बनाउने अभियान जारी राख्ने उनको प्रतिबद्धता छ ।

हेर्नुहोस सांसद पहरीसँग गरिएको भिडियो कुराकानी-

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: