प्रहरीका खेलाडीहरुको सेवा सुविधा वृद्धि हुन्छ : महानिरीक्षक खनाल (भिडियोसहित) « Nagarik Khabar

प्रहरीका खेलाडीहरुको सेवा सुविधा वृद्धि हुन्छ : महानिरीक्षक खनाल (भिडियोसहित)



काठमाडौं । नेपाल प्रहरीले संगठनभित्रका आफ्ना खेलाडीहरुको सेवा र सुविधा वृद्धि गर्ने तयारी गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनका खेलाडीहरुलाई सेवा र सुविधा वृद्धि गर्ने योजना तय भएको बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी संगठनलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै उनले देशको प्रतिष्ठा बढाउने गरी खेलकुद क्षेत्रमा लागेका प्रहरी संगठनभित्रका खेलाडीहरुलाई छिट्टै आफ्ना सेवा र सुविधा वृद्धि हुनेमा ढुक्क रहन आश्वासन दिए ।

प्रहरी महानिरीक्षक खनालले खेलकुद क्षेत्रको विकासका लागि संगठन भित्र आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाइएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: