केन्द्रीय बाल कल्याण समिति र बालगृह महासंघको जुहारी (भिडियोसहित) « Nagarik Khabar

केन्द्रीय बाल कल्याण समिति र बालगृह महासंघको जुहारी (भिडियोसहित)



काठमाडौं । बुढानीलकण्ठस्थित एश्वर्य बालगृहबाट जेठ १ गते १ सय २५ बालबालिका उद्धार भयो । केन्द्रीय बाल कल्याण समिति, बालबालिका खोजतलास केन्द्र र महानगरीय प्रहरी वृत्त महारजगञ्जको संयुक्त टोलीले बालबालिकाहरुको उद्धार गरेको थियो ।

बालगृहमा मापदण्डविपरीत बालबालिकाहरुलाई राखिएको स्थानीयले सूचना दिएपछि उद्धार गरिएको केन्द्रीय बाल कल्याण समितिले दाबी गरेको छ । उद्धारका बेला बालबालिकहरुको चिच्याहट सामाजिक सञ्जालमा भाइरल भएको थियो । बालबालिकको उद्धार छापामार शैलीमा भएको भन्दै बालगृहरुको महासंघ र अधिकारकर्मीहरुले उक्त कार्यको आलोचना समेत गरे ।

महासंघले गत आइतबार पे्रस विज्ञप्ति जारी गर्दै जिम्मेवार निकायहरुले नै छापामार शैलीमा बालबालिकाहरुलाई उनीहरुको इच्छाविपरीत स्थान्तरण गरेको भन्दै आपत्ति जनाएको छ। बालबालिकाको उद्धार सही भए पनि शैली गलत भएको महासंको दाबी छ । बालगृह सञ्चालकले गरेको गल्तीको सजाय बालबालिकाले भोग्नु परेको महासंघले जनाएको छ ।

यता उद्धारकर्ताहरु भने क्षणिकलाई हेरेर भन्दा पनि विगतदेखिकै गतिविधि, सरकारले तोकेको मापदण्ड पालन नगरेको साथै बालबालिकाहरुको अवस्था गम्भीर भएकाले उद्धार गरेको दाबी गरेको छ । तत्काल नयाँ मान्छेहरु देखेर साना बालबालिकाहरु डराउनु स्वभाविक भएको उनीहरुको तर्क छ ।

अहिले ती सबै बालबालिकाहरु नयाँबालगृहहरुमा सामान्य अवस्थामा रहेको केन्द्रीय बाल काल्याण समितिले जनाएको छ । अधिकांश बालबालिकको अविभावक भएको उद्धारपछि जानकारी पाएको जनाएको छ । परिवारसँग नै मेल गराउने उद्देश्यसहित अविभावकहरुसँग सम्पर्क गर्न खोजिरहेको समितिका निर्देशक कृष्णा प्रसाद भुसालले जानकारी बताए ।

नेपालको संविधान २०७२ को धारा ३९ बालबालिकाको हकअन्तर्गत असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवम् जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक छ । बाल गृहहरुको महासंघको तथ्याङ्क अनुसार ५ सयभन्दा बढी बालगृहहरुमा झन्डै २० हजार बालबालिका आश्रित छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: