पाँचथर हत्याकाण्ड: ज्वाइँको संलग्नतामा बलपुग्ने प्रमाण फेला ! « Nagarik Khabar

पाँचथर हत्याकाण्ड: ज्वाइँको संलग्नतामा बलपुग्ने प्रमाण फेला !



काठमाडौं । पाँचथरमा ९ जनाको हत्या भएको घटनामा ज्वाइँको संलग्नता भएको आशंकालाई बलपुग्ने प्रमाण फेला परेको छ । मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा नौ जनाको हत्याको घटनामा ज्वाइँ मानबहादुर माखिमको संलग्नता रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । मानबहादुरको शव फेला परेको स्थान नजिकै घटनामा प्रयोग भएको खुकुरी र रगत लागेको कपडा भेटिएको छ ।

प्रहरीले घटनास्थल र आसपासको अवस्था, मानबहादुरको शव फेला परे नजिकै भेटिएको खुकुरी र रगत लागेको कपडाका आधारमा उनलेनै नौ जनाको हत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।

मानबहादुरको लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । मानबहादुर माखिम बमबहादुर फियाकका ज्वाइँ र धनराज शेर्माका साढुभाइ हुन् । श्रमीमतीसँग सम्बन्ध बिग्रिएको रिसमा मानबहादुरले हत्या गरेको आशंका छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले भने घटनाको थप अनुसन्धानपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।

सोमवार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको थियो । धारिलो हतियार प्रयोग गरी हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: