राष्ट्र बैंकले ६ अर्बको ऋणपत्र बिक्री गर्दै « Nagarik Khabar

राष्ट्र बैंकले ६ अर्बको ऋणपत्र बिक्री गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले मंगलबार सूचना प्रकाशित गरी जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र २०८९ ख’ बिक्री गर्ने जानकारी दिएको हो ।

बोलकबोलको माध्यमबाट उक्त ऋणपत्र बिक्री गर्न लागिएको हो ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेसमेत सूचनामा उल्लेख छ ।

घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको खरीद गर्न पाइने व्यवस्था गरिएको छ । बैंकका अनुसार ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेञ्जमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: