बैंकिङ कसुरमा नेकपा कार्यकर्ता पूर्ण कार्की पक्राउ « Nagarik Khabar

बैंकिङ कसुरमा नेकपा कार्यकर्ता पूर्ण कार्की पक्राउ



काठमाडौं । बैंकिङ कसुरमा नेकपाका कार्यकर्ता पूर्ण कार्की पक्राउ परेका छन् । २० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँच दिनअघि उनलाई पक्राउ गरेको हो ।

कार्कीविरुद्ध चारजनाले प्रहरीसमक्ष उजुरी दिएका हुन् । रामेछाप घर भएका कार्कीलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखी अनुसन्धान गरिरहेको छ । बैंकिङ कसुरमा पक्राउ परेका कार्कीका बारेमा थप अनुसन्धान भइरहेको वृत्तका डीएसपी सुनिल मल्लले जानकारी दिए । अभियुक्त कार्कीलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

नेकपाका एक नेता प्रधानमन्त्री छँदा सचिवालयमा रहेर काम गरेका कार्कीबारे थप उजुरी पर्ने अनुमान रहेको प्रहरी स्रोतले बताएको छ । ठगीको मुद्दामा चेक बाउन्स भएपछि उनी पक्राउ परेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: