बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा भर्ना « Nagarik Khabar

बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा भर्ना



सुर्खेत । गुर्भाकोट नगरपालिकाका लीलाधर चपाईं सामुदायिक विद्यालयका शिक्षक हुन्। सामुदायिक विद्यालयमा अध्ययन गराउने उनी छोरीलाई भने बोर्डिङ स्कुलमा पढाउँथे। यो वर्षदेखि उनले छोरीलाई सरकारी विद्यालयमा भर्ना गराएका छन्। ‘पछिल्लो समय निजीभन्दा सरकारी स्कुल अब्बल बन्दै गएका छन’, चपाईंले भने, ‘त्यही भएर यो वर्षदेखि सरकारीमा भर्ना गरेको हुँ।’ उनले छोरीलाई वीरेन्द्रनगरको जन माविमा कक्षा ९ मा भर्ना गराएका छन्।

वीरेन्द्रनगरका धनेश्वर उपाध्यायले पनि छोरा दीनबन्धुलाई जन माविमा कक्षा ६ मा भर्ना गराए। मन्टेश्वरी हुँदै कक्षा पाँचसम्म बोर्डिङ स्कुलमा अध्ययन गरेका दीनबन्धु सरकारीमा पढ्न पाउँदा खुसी छन्। ‘बोर्डिङ स्कुलको भन्दा राम्रो शैक्षिक वातावरण छ, पढाइ पनि राम्रो छ’, उनले भने, ‘बोर्डिङभन्दा सरकारी स्कुल हरेक कुरामा राम्रो पाएँ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: