‘ राजदूतले जनतासँग गफगाफ गर्न मिल्दैन’ « Nagarik Khabar

‘ राजदूतले जनतासँग गफगाफ गर्न मिल्दैन’



काठमाडौँ। अमेरिकी राजदूत र्‍यान्डी बेरीले सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ प्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै राजदूत बेरीले फेसबुक पेजमा भिडियो सन्देश प्रसार गरेका थिए ।
त्यसबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया उत्पन्न भएपछि परराष्ट्र सचिव शंकर बैरागी त्यसबारे मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै ‘यसरी स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न मिल्दैन ।’

युवालाई लक्षित गरेर राजदूतले अमेरिकी व्यवस्थाबारे सूचना दिन खोजेको भए पनि परराष्ट्रलाई जानकारी नगराइएको सचिव दाहालले जनाए । उनले भने, ‘यसबारे मन्त्रालयले सोधखोज गर्नेछ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: