किशोरीको सामूहिक बलात्कार « Nagarik Khabar

किशोरीको सामूहिक बलात्कार



पर्सा । बारा परवानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ती किशोरीलाई बलात्कार गरेका हुन ।बलात्कार गरिरहेकैबेला स्थानीयले मण्डललाई नियन्त्रण गरेर प्रहरीको जिम्मा लगाएकाथिए । अर्का व्यक्ति भने भागेका छन ।

करिब १६ वर्ष उमेरकी किशोरीलाई आइतबारदेखि गाउँमा देखिएकी थिइन । उनी कहाँबाट आएकी हुन् भन्ने स्थानीय कसैलाई थाहा छैन । किशोरीलाई मानव सेवा आश्रम वीरगन्जले आश्रय दिएको छ । किशोरी शारीरिक रूपमासामान्य देखिन्छिन। तर उनी आफ्नो तथा अभिभावकको नाम, ठेगाना बताउन सक्दिनन । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: