आजको मौसमः मेघ गर्जन, हावाहुरी र हल्का पानी पर्ने « Nagarik Khabar

आजको मौसमः मेघ गर्जन, हावाहुरी र हल्का पानी पर्ने



काठमाडौँ । देशका अधिकांश भूभागमा मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाखाशाले जनाएको छ । अपराहन्नपछि देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुनेछ, त्यसअघि आंशिक बदलीको अवस्था रहने मौसमविदले बताएका छन् ।पूर्वी तथा मध्य क्षेत्रका केही ठाउँ र पश्चिमका थोरै स्थानमा बेलुकातिर मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको जनाइएको छ । 

यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरणः

जेष्ठ ०८ गते (बुधबार)

दिउँसो देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ । राति देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ०९ गते (बिहिबार)

दिउँसो देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।
राति देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ १० गते (शुक्रबार)

दिउँसो देशको पहाडी भूभामा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ। तराई भूभाग आंसिक बदलि रहने देखिन्छ ।राति देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही देशका पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी तथा मध्य क्षेत्रका एकदुई स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: