सिपिएल क्रिकेट: सन्दीप सहित चार नेपाली खेलाडीको भाग्यको फैसला आज « Nagarik Khabar

सिपिएल क्रिकेट: सन्दीप सहित चार नेपाली खेलाडीको भाग्यको फैसला आज



काठमाडौं । वेष्ट इन्डिजको चर्चित क्रिकेट लिग क्यारेवियन प्रिमियर लिग सिपिएल क्रिकेटमा आज खेलाडीको ड्राफ्ट हुँदैछ । प्रारम्भिक ड्राफ्टमा नेपालका सन्दीप लामिछाने, सोमपाल कामी, रोहित कुमार पौडेल र दीपेन्द्रसिंह ऐरी छन् ।

सीपीएलले आगामी संस्करणको क्रिकेटको ड्राफ्ट नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा सुरु गर्नेछ । सीपीएलले ५३६ खेलाडीलाई ड्राफ्टमा समावेश गरेको छ । त्यसमा नेपालका चार खेलाडी परेका छन् ।

सन्दीप गत संस्करणमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए । उनी अनुबन्ध हुने सम्भावना बलियो छ । अन्य खेलाडीको भाग्यको फैसला आज हुनेछ । सिपिएलको यो सिजन आउँदो अगष्ट २१ मा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: