संविधान सभा सदस्यहरु विभूषित हुने « Nagarik Khabar

संविधान सभा सदस्यहरु विभूषित हुने



काठमाडौं । सरकारले संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेको भन्दै संविधान सभा सदस्यहरुलाई विभूषित गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिले संविधानसभा २०६४ र २०७० का सदस्यहरुलाई विभूषित गर्न लागेकी हुन् । गृह मन्त्रालयले संविधानसभाका सदस्यलाई ‘संविधानसभा पदक’बाट राष्ट्रपतिले विभूषित गर्न लागेको जनाएको छ ।

जेठ १६ का लागि कार्यक्रम तय गरिएको जानकारी दिँदै गृहले त्यसमा सहभागी हुन संविधानसभाका सबै सदस्यहरुलाई आग्रह गरेको छ । गृहका अनुसार राष्ट्रपति कार्यालय, शीतलनिवासमा हुने कार्यक्रममा सुशोधन समारोहको प्रवेशपत्र पाएकाले मात्र प्रवेश पाउने छन् । प्रवेशपत्र बिना प्रवेश निषेध भएकाले विहिबारदेखि जेठ १४ सम्म सुशोधन समारोहको प्रवेशपत्र लिन सबै संविधान सभा सदस्यहरुलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: