जवर्जस्ती करणी अभियोगमा पक्राउ गरेका एक व्यक्ति वीर अस्पतालबाट फरार « Nagarik Khabar

जवर्जस्ती करणी अभियोगमा पक्राउ गरेका एक व्यक्ति वीर अस्पतालबाट फरार



काठमाडौ । महानगरीय प्रहरी वृत्त महाराजगंजले जवर्जस्ती करणी अभियोगमा पक्राउ गरेका एक व्यक्ति फरार भएका छन् । दुई जनालाई नियन्त्रणमा लिएकोमा पदम श्रेष्ठ भने वीर अस्पतालबाट भागेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता होविन्द्र बोगटी पुष्टि गरे ।

मंगलबार साँझ वीर अस्पतालमा मेडिकल चेकचाँज गराउँदा गराउँदै श्रेष्ठ भागेका हुन । उनको खोजी कार्य भैरहेको डिएसपी बोगटीले जानकारी दिए । ‘दुई जना पक्राउ परेका थिए हिरासतमा लैजानु अघि मेडिकल चेकजाँच गराउँदा उनी भागेका हुन खोजी गरिरहेका छौ’, परिसरका डिएसपी बोगटीले भने ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: