बजेटअघि नै आकासियो मूल्यवृद्धि, नियन्त्रण खोइ ? « Nagarik Khabar

बजेटअघि नै आकासियो मूल्यवृद्धि, नियन्त्रण खोइ ?



काठमाडौं । सामान्यतः बजेट भाषणपछि मूल्यवृद्धि हुने भएपनि यसपटक भने अहिलेदेखि नै मूल्यवृद्धि आकासिएको छ ।

आर्थिक वर्ष २०७६र७७ को बजेट आउन एक साता बाँकी रहँदा बजारमा अधिकांश सामानको मूल्य ह्वात्तै बढेको छ ।

खाद्यान्न, हरियो तरकारी, मदिराजन्य पदार्थलगायत अन्य सामानको मूल्य बढ्न थालेको आजको कारोबार दैनिकमा छ ।

सामान्यतया बजेट भाषणपछि बजारमा महँगी बढ्ने भए पनि बजेटमा करका दर बढ्ने हुँदा व्यवसायीले अहिलेदेखि नै मूल्य बढाएका हुन् ।

बजारमा विशेषगरी हरियो तरकारी, खाद्यान्न, चुरोट, मदिरासँगै खसीको मासुको मूल्य बढेको छ । चुरोट प्रतिप्याकेट १० देखि १५ रुपैयाँ बढेको छ ।

उत्पादन कम भएको र भारतमा चुनावका कारणले आयात भन्दै बजारमा तरकारीको भाग धेरै बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: