चितवनमा पुरुषको बेबारिसे शवः पहिचान गर्न समस्या « Nagarik Khabar

चितवनमा पुरुषको बेबारिसे शवः पहिचान गर्न समस्या



चितवन । चितवनको भरतपुरमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ तोरीखेत भन्ने स्थानमा मकैवारीभित्र एक पुरुषको शव फेला परेको हो । मकैवारीमा र्दुगन्ध आएपछि स्थानियले हेर्दा शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

मकैवारीभित्र अन्दाजी ४०–४५ बर्षको पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको पहिचान नभएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव सडेकोले शनाखतमा समस्या भएको छ

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: