अर्थमन्त्रीको प्रष्टीकरण- असुलीमा सदाचारिकता ल्याउन राजस्व विभाग प्रधानमन्त्री कार्यालय मातहत « Nagarik Khabar

अर्थमन्त्रीको प्रष्टीकरण- असुलीमा सदाचारिकता ल्याउन राजस्व विभाग प्रधानमन्त्री कार्यालय मातहत



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व असुलीमा सदाचारिकता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याइएको प्रष्टीकरण दिएका छन् ।

राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत आएपछि राजस्व हिनामिना गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सफलता हात परेको दावी गरे ।

बुधबार ‘राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले स्वच्छ राजस्व प्रशासन कार्यालय कायम गराउन पनि राजस्व विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको मातहत राख्दा सहज भएको जिकिर गरे ।

अर्थमन्त्री खतिवडाले कर छली गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी पनि दिए । उनले कर चुहावट गर्ने कर्मचारी वा व्यवसायीलाई भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरुपयोग ऐन, निजामती कर्मचारी ऐनअनुसार सरकारले कारबाही गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: