दस महिनापछि राष्ट्रिय टोलीमा फर्किए अगुएरो « Nagarik Khabar

दस महिनापछि राष्ट्रिय टोलीमा फर्किए अगुएरो



ब्यूनस एयर्स । स्ट्राइकर सर्जियो अगुएरो दस महिनापछि अर्जेन्टिनी राष्ट्रिय टोलीमा फर्किएका छन् । प्रशिक्षक लियोनेल स्कालोनीले आसन्न कोपा अमेरिका फुटबल प्रतियोगिताका लागि २३ सदस्य अर्जेन्टिनी टोलीको घोषणा गर्दा अगुएरो पनि परेका हुन् ।

अगुएरो गत जुलाईमा रुसमा भएको विश्वकपपछि राष्ट्रिय टोलीमा बोलाइएका थिएनन् । त्यसको १० महिनापछि हुन लागेको अर्काे ठूलो प्रतियोगिताका लागि भने उनी टोलीमा फर्किएका छन् । अगुएरोले यो सिजन इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी यो सिजन घरेलु लिगमा सिटीका लागि सर्वाधिक गोलकर्ता समेत रहे ।

कोपा अमेरिका फुटबल प्रतियोगिता आगामी जुन १४ तारिखबाट सुरु हुदै छ । समूह बीमा रहेको अर्जेन्टिनाले प्रतियोगितामा कोलम्बिया, पाराग्वे र पाहुना टोली कतारसँग प्रतिस्पर्धा गर्ने छ । एसियाली च्याम्पियन तथा सन् २०२२ विश्वकपको आयोजक टोली कतारलाई दक्षिण अमेरिकी फुटबल महासंघले पाहुना टोलीको रुपमा सहभागी गराउन लागेको हो ।

अर्जेन्टिनी टोलीमा स्ट्राइकर लियोनल मेसी र विङ्गर एञ्जेल डी मारिया पनिले पनि स्थान बनाएका छन् । यी दुवै खेलाडी रुस विश्वकपको आठ महिनापछि गत मार्चमा राष्ट्रिय टोलीमा फर्किएका थिए ।

अर्जेन्टिनी टोली 
गोलरक्षक : अगुस्टिन मार्केसिन, फ्राङ्को अर्मानी, स्टेबन एन्ड्राडा

रक्षक : जर्मन पेज्जेला, जुआन फोऐथ, निकोलास ओटामेन्डी, निकोलास ताग्लिआफिको, मार्काेस अकुना, रेञ्जो सराभिया, रामिरो फ्युनेस मोरी, मिल्टोन कास्को

मिडफिल्डर : लिएन्द्रो पारेडेस, एञ्जेल डी मारिया, रुइदो रोड्रिगेज, जिओभानी लो सेल्सो, रोबर्टाे पेरेरा, रोड्रिगो डी पल, इजिक्वेल पलासियोस्

स्ट्राइकर : लियोनल मेसी, सर्जियो अगुएरो, पउलो दिबाला, लउटारो मार्टिनेज, माटिआस सुआरेज

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: