पाँचथर हत्याकाण्डको सत्यतथ्य चाँडै सार्वजनिक हुन्छ : गृहमन्त्री थापा (भिडियोसहित) « Nagarik Khabar

पाँचथर हत्याकाण्डको सत्यतथ्य चाँडै सार्वजनिक हुन्छ : गृहमन्त्री थापा (भिडियोसहित)



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौ जनाको सामुहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् ।

गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रियसभाको बैठकमा सो वीभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै घटनाको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरेका छन् ।

गृहमन्त्री थापाले सो घटनामा हत्या गरिएको नौ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको पनि जानकारी दिए । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीनै घटनास्थल पुगेको छ । घटनामा भागेर बाँच्न सफल १३ वर्षीया सीता खजुमको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताए ।

गत सोमबार राति भएको सो सामुहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका नौ जनाको वीभत्स हत्या भएको थियो । नौ जनाको हत्या गरिएको स्थानबाट दुई दुई घण्टाको पैदल दूरीमा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । प्रहरीले पारिवारिक रिसइवीका कारण माखिमलेनै हत्या गरेको हुन सक्ने आशंका गर्दै छानबिन प्रक्रियालाई अघि बढाएको छ ।

सम्बन्धित समाचार

पाँचथर हत्याकाण्ड: ज्वाइँको संलग्नतामा बलपुग्ने प्रमाण फेला !

पाँचथर हत्या प्रकरण : आरोपित ज्वाइँ पनि मृत फेला

पाँचथरमा एकैसाथ नौ जनाको हत्या

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: