कृषकलाई मल र बीउको उचित व्यवस्था गर्न सांसदको माग « Nagarik Khabar

कृषकलाई मल र बीउको उचित व्यवस्था गर्न सांसदको माग



काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले कृषकहरुलाई तत्काल रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

त्यस्तै, जंगली हात्ती नियन्त्रणका लागि आवश्यक प्रविधिको विकास गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । बुधबार राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद विन्दादेवी आले रानाले दुई महिनायता अभाव देखिएको रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले तत्काल रासायनिक मलको व्यवस्था नगरे कृषकहरु मारमा पर्नेतर्फ पनि सरकारलाई सचेत गराइन् ।

सांसद बीना पोखरेलले जंगली हात्तीका कारण जनधनको क्षति हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक प्र्रविधिको विकास गर्न सरकारसँग माग गरिन् । उनले जंगली हात्तीले मानिसको समेत ज्यान लिने गरे पनि त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको आरोप लगाइन् ।

सांसद डा. विमला पौडेल राईले सबै स्थानीय तहमा मानसिक अस्पतालको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: