त्रिवि सेवा आयोग खारेज गर्नुपर्छ: नेता गजुरेल « Nagarik Khabar

त्रिवि सेवा आयोग खारेज गर्नुपर्छ: नेता गजुरेल



काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । संयोजक गजुरेलले भ्रष्टाचारमा मुछिएको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन ।

अखिल क्रान्तिकारीले बुधवार सो सेवा आयोग खारेजको माग गर्दै जारी राखेको आयोगको कार्यालय मूलगेटको अनिश्चितकालीन धर्ना कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन धर्ना स्थल पुगेका उनले योग्यता र क्षमताको आधारमा भन्दा पनि राजनीतिक भागबण्डाको आधारमा परीक्षा लिनेलगायतका गलत काम गर्ने सो सेवा आयोग खारेज गर्नुको विकल्प नरहेको बताए ।

अखिल क्रान्तिकारीले भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै गत सोमवारदेखि सो आयोगको खारेजीको माग गर्दै अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेको हो । धर्ना कार्यक्रममा मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का युवा, प्राध्यापकलगायतका सङ्गठनहरूले पनि ऐक्यवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: