‘टपलेस युवती’को परेड, राजाले कुनै पनि राम्री युवतीलाई रोज्न सक्ने (फोटोसहित) « Nagarik Khabar

‘टपलेस युवती’को परेड, राजाले कुनै पनि राम्री युवतीलाई रोज्न सक्ने (फोटोसहित)



एजेन्सी । अफ्रिकी मुलुकको स्वाजील्याण्ड देशमा (नयाँ नाम इस्भेसिनी) यति बेला चर्चामा छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दुई भन्दा कम श्रीमती विवाह गर्ने पुरुषलाई जेल चलान गर्ने भन्ने खबर सार्वजनिक भयो । तर त्यहाँका राजाले भने यो खबर गलत भएको बताएका छन् ।

स्वाजील्यान्ड बहुविवाहलाई कानुनी मान्यता दिइएको छ । स्वाजील्यान्डका राजाका १४ श्रीमती छन् । अर्को रोचक पक्ष के छ भने त्यहाँका राजाले श्रीमती चयन गर्ने तरिका अनौठो छ । राजाले श्रीमती चयन गर्दा कुमारी टपलेस युवतीलाई परेड खेलाउँछन् र राजालाई मन परेको कुमारी केटी विवाह गर्छन् । यसमा प्रश्न समेत उठ्ने गरेको छ ।

स्वाजील्यान्डका राजा मास्वाती तीनका १४ श्रीमती छन् । राजाका २५ जना बालबालिका छन् । १५ जना श्रीमती मध्य एक श्रीमतीको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजाकी एक श्रीमती ३७ वर्षीय सेन्थाने मसाङगोले आत्महत्या गरेकी थिइन ।

हरेक वर्षको सेप्टेम्बरमा स्वजिल्यान्डमा रिड नृत्य समारोहको आयोजना हुन्छ । समारोहमा हजारौँ कुमारी युवतीहरू (४० हजार भन्दा माथि) ले सहभागिता जनाउँछन् । भित्री वस्त्र नलगाएका टपलेस युवती, छाती समेत खुला राखेर परेडमा भाग लिन्छन् ।

स्वाजील्यान्डको परम्परा अनुसार परेडमा सहभागी युवती मध्यबाट राजाले आफ्नो नयाँ श्रीमती रोज्ने अधिकार हुन्छ । यो त्यहाँको परम्परा बनेको छ । यो भन्दा पहिले धेरै युवतीले प्रश्न पनि उठाएका थिए । तर यदि कुनै युवती सहभागी नभए उसको परिवारले ठुलो रकम जरिवाना तिर्नु पर्ने नियम भएकाले यो निरन्तर जारी छ ।

स्वाजिल्यान्ड दक्षिणी अफ्रिकामा पर्छ । यसको सीमा दक्षिण अफ्रिका र मोजाम्बिकसंग जोडिएको छ । झन्डै १३ लाख जनसङ्ख्या भएको स्वाजील्यान्डलाई गत वर्ष राजाले आधिकारिक रूपमा इस्भेसिनी नाम राखेर नयाँ देशको रूपमा परिचय दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: