दुई छोरालाई लागुऔषधको कुलतमा फसाउने आमा « Nagarik Khabar

दुई छोरालाई लागुऔषधको कुलतमा फसाउने आमा



काठमाडौं । काठमाडौंमा एक महिलाले आफ्नै छोरालाई लागुऔषध सेवन गराउने गरेको खुलासा भएको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौं महानगरपालिका–१६ की ५० वर्षीया सावित्री श्रेष्ठले भारतीय सीमाबाट प्रतिबन्धित लागुऔषध बिक्री गर्दै आएकी थिइन् । यही क्रममा उनका दुई छोरा पनि लागुऔषधको कुलतमा फसेको पाइएको ब्युरोका एसएसपी वसन्तकुमार लामाले बताए ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी श्रेष्ठलाई प्रहरीले प्रतिबन्धित डाइजेपाम ६७० एम्पुल,बुप्रेनोर्फिन ५६१ एम्पुल,फेनार्गन ५६० एम्पुल बरामद गरेको छ । यस्तै लागुऔषध विक्री वितरण गरी संकलन गरेको एक लाख ४१ हजार रुपैयाँसहित मंगलबार नयाँ बसपार्कबाट पक्राउ गरिएको जानकारी दिएको हो ।

त्यसैगरी प्रहरीले लागू औषध चरेशसहित झापाका संजय दर्जी, मनोज दर्जी, धनकुटा घर भई हाल सुनसरीको इटहरी बस्दै आएका कुमार गुरुङलाई पनि पक्राउ गरेको छ ।

एसएसपी लामाले उनीहरुलाई १७ केजी चरेशसहित झापाको टोकला चिया बगानबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: