अन्तर्राष्ट्रिय फ्रेञ्चाईज लिगमा सन्दीपको छलाङ : सीपीएलमा सर्वाधिक अनुबन्ध रकम « Nagarik Khabar

अन्तर्राष्ट्रिय फ्रेञ्चाईज लिगमा सन्दीपको छलाङ : सीपीएलमा सर्वाधिक अनुबन्ध रकम



काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि बार्बाडोस ट्रिडेन्सले बुधबार अनुबन्ध गरेको छ । बार्बाडोसले सन्दीपलाई लण्डनको जिफिनिटी स्पोट्स एरेनामा सञ्चालन भएको ट्राफ्टबाट ७० हजार डलरमा अनुबन्ध गरेको हो ।

यो रकम सन्दीपले अन्तर्राष्ट्रिय फ्रेञ्चाईज लिग खेल्दा पाएकोमध्ये सबैभन्दा बढी अनुबन्ध रकम बनेको छ । यसअघि सन्दीपले अष्ट्रेलियाको बिगबास लिग खेल्दा ६० हजार डलर प्राप्त गरेका थिए । सीपीएलको यो अनुबन्ध अघि सन्दीपले बिगबास लिगका लागि पाएको सो रकम नै सर्वाधिक अनुबन्ध रकम रहेको थियो ।

सन्दीपलाई बुधबार बार्बाडोसले ड्राफ्टको पाँचौ चरणको पिकमै लिएको थियो । गत वर्ष उनलाई १३औं चरणको पिकमा मात्रै सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्ससँग ले लिएको थियो । त्यस बेला मात्रै पाँच हजार डलरमा अनुबन्ध भएका सन्दीपका लागि यस पटक बार्बाडोसले ठूलो रकम खर्च गरेको हो ।

सन्दीपले हालसम्म खेलेका विदेशी फ्राञ्चाईज लिग र अनुबन्ध रकम,

१, सीपीएल २०१९                         ७० हजार डलर
२, बिगबास लिग                           ६० हजार डलर
३, पाकिस्तान सुपर लिग                  ५० हजार डलर
४, बंगलादेश प्रिमियर लिग                ५० हजार डलर
५, ग्लोबल टीट्वेन्टी लिग क्यानडा          ४० हजार डलर
६, टीटेन लिग यूएई                      ३० हजार डलर
७, आईपीएल २०१९                      २० लाख भारू
८, आईपीएल २०१८                      २० लाख भारू
९, अफगानिस्तान प्रिमियर लिग         १५ हजार डलर
१०, सीपीएल २०१८                      ५ हजार डलर

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: