सन् २०१४ मा उपाधि, २०१८ मा लिगको पुछारमा « Nagarik Khabar

सन् २०१४ मा उपाधि, २०१८ मा लिगको पुछारमा



काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आफ्नो दोस्रो सिजन दोस्रो टोलीबाट खेल्ने भएका छन् । गत वर्ष सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका उनलाई यो सिजन भने बार्बाडोस ट्रिडेन्सले अनुबन्ध ग¥यो ।

उनी अनुबन्ध भएको बार्बाडोस ट्रिडेन्सले विगतमा सीपीएलमा कस्तो प्रदर्शन गरेको छ ? क्रिकेट प्रेमीहरूको चासो बढेको छ । बार्बाडोस सीपीएलको पूर्वच्याम्पियन टोली हो । उसले सीपीएल सुरु भएको दोस्रो वर्ष सन् २०१४ मै उपाधि जितेको थियो । यद्यपि त्यस यता भने बार्बाडोसले निरन्तर कमजोर प्रदर्शन गर्दै आइरहेको छ ।

त्यही कमजोर प्रदर्शनकै नतिजा स्वरुप बार्बाडोस गत संस्करणमा सहभागी ६ टोलीमा छैटौ भएको थियो । सीपीएलको पहिलो संस्करणबाटै सहभागी हुँदै आएको बार्बाडोसले सन् २०१३ मा तेस्रो, २०१४ मा पहिलो, २०१५ मा दोस्रो, २०१६ मा पाँचौ, २०१७ मा पाँचौ र २०१८ मा छैटौं स्थान हात पारेको छ । यस पटक बार्बाडोसले कस्तो प्रदर्शन गर्ला त ? त्यसका लागि भने प्रतियोगिता सुरु हुने बेलासम्म कुर्ने पर्ने हुन्छ ।

सन् २०१९ को सिजनका लागि बार्बाडोसको टोली यस्तो बनेको छ,

जासोन होल्डल
एलेक्स हल्स
आसिफ अली
वाहब रियाज
सन्दीप लामिछाने
जोन्सन चाल्स
साई होप
आश्ले नर्स
इमाद वासिम
जोनाथन कार्टर
केमर होल्डर
लेनिको बउचर
रोशेन प्रिमुस
रेमान रेइफर
जस्टिन ग्रेभ्स
जोसुवा बिशोप
हेदेन वाल्स जुनियर

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: