नेपाल सरकारले सोध्यो अमेरिकी राजदूतलाई प्रष्टिकरण « Nagarik Khabar

नेपाल सरकारले सोध्यो अमेरिकी राजदूतलाई प्रष्टिकरण



काठमाडौं । नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष संवादगर्ने उद्घोषपछि विवादमा आएका अमेरिकी राजदूत ¥यान्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको छ। परराष्ट्र सचिव शंकरदास बैरागीले बुधबार दिउँसो मन्त्रालयमा बालाइएका राजदूत बेरीसँग करिब आधाघण्टा ‘राजदूतसँग गफगाफ’ कार्यक्रमलगायत विषयमा जिज्ञासा राखेका कान्तिपुरमा समाचार छ ।
सचिव बैरागीले राजदूत बेरीसँग मन्त्रालयमा भेटवार्ता भएको पुष्टी गरे पनि कुराकानीबारे बताउँन मानेनन् भन्ने खबर कान्तिपुर दैनिकमा छ। कुराकानी नेपाल र अमेरिका द्विदेशिय हितबारे केन्द्रीत रहेको प्रतिक्रियामात्र दिए।
राजदूत बेरीको फेसबुक भिडियो सन्देश सार्वजनिक भएलगत्तै सचिव बैरागीले मंगलबार ‘यसरी स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए।
तर अमेरिकी दूतावासले आफ्नो संवाद कार्यक्रम नरोक्ने संकेत गरेको छ । अमेरिकी दूतावासले बुधबार अपरान्ह प्रेस नोट जारी गर्दै जनतासँग प्रत्यक्ष जोडिनुलाई कूटनीतिको एक प्रमुख काम भनेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: