केन्द्रका कर्मचारी फिर्ता लैजान प्रदेश २ का मुख्यमन्त्रीको आग्रह « Nagarik Khabar

केन्द्रका कर्मचारी फिर्ता लैजान प्रदेश २ का मुख्यमन्त्रीको आग्रह



काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विधेयक पारित भएपछि संघीय सरकारले आफ्ना कर्मचारी फिर्ता लैजान सक्ने बताएका छन् । आफ्नै कर्मचारी भर्ना गर्न टेबुल गराएको निजामति सेवा विधेयकमाथि प्रदेशसभा बैठकमा बुधबार सांसदले राजेखा प्रश्नको जवाफमा उनले यस्तो बताएका कान्तिपुर दैनिकमा खबर छ ।

विधेयकले आफ्नै शासन, आफ्नै प्रशासन’ भन्ने संघीयताको मूल मर्मलाई संस्थागत गर्ने दाबी गदै उनले उक्त विधेयक संघीयता कार्यान्वयनका लागि कोशेढुंगा भएको दाबी गरे। प्रदेशसभामा सोमबार टेबुल गरिएको उक्त विधेयकमा दुई दिनपछि बुधबार सैद्धान्तिक छलफल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: