पर्वत बिहादीका डा. जगन्नाथ शर्मा बेलायतमा मेयर निर्वाचित « Nagarik Khabar

पर्वत बिहादीका डा. जगन्नाथ शर्मा बेलायतमा मेयर निर्वाचित



बेलायत । बेलायतमा नेपाली मुलका डा. जगन्नाथ शर्मा मेयर पद्मा निर्वाचित भएका छन् । उनी नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका हुन् । मे महिनाको पहिलो हप्ता कन्जरभेटिभ पार्टीबाट काउन्सिलर निर्वाचित उनी सोमबार काउन्सिलरमा भएको मतदानमा झण्डै दुईतिहाइ मतले मेयर पद्मा निर्वाचित भएका हुन ।
डा. शर्मा बेलायतमा नेपाली मुलका दोस्रो मेयर बनेका छन् । उनी यसअघि उपमेयर बनेका थिए । सन् २०१६मा पहिलो मेयर बनेका शंकर गैरेले ६ महिनामै राजीनामा दिएका थिए । तर अहिले शर्माले भने दुईतिहाइ मत प्राप्त गरेकाले पुरै कार्यकाल काम गर्ने छन् ।
बेलायती रक्षा मन्त्रालयत अन्तरगत एक महत्वपूर्ण डिपार्टमेन्ट प्रमुख रहेका सुपरिटेन्डेन्ट डा. शर्मा मोर्लबर्न टाउनमा जातिय अल्पसंख्यक अर्थात इथ्निक माइनोरिटीबाट मेयर बन्ने पहिलो मेयर समेत हुन् । उनी पर्वतको रानीपानीका शर्माको कार्यकाल एक वर्षको हुनेछ ।
पछिल्लो समय बेलायतको स्थानीय राजनीतिमा नेपाली मुलका व्यक्तिको प्रवेश बढीरहेको छ । स्थानीय निर्वाचनमा ६ जना नेपाली काउन्सिलर पद्मा निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: