आजको दिनः कतै घाम कतै पानी, बेलुकी मेघ गर्जन हावाहुरी « Nagarik Khabar

आजको दिनः कतै घाम कतै पानी, बेलुकी मेघ गर्जन हावाहुरी



काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम विहिबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम र मध्य क्षेत्रमा भने आंशिकदेखि सामान्य बदलीको सम्भावना रहने छ । पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पश्चिम र मध्यका केही स्थान तथा पूर्वका एक–दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम पनि आंशिक बदलीको अवस्थामा रहने जनाइएको छ । देशका विभिन्न स्थानमा बेलुकातिर हावाहरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरणः

जेष्ठ ०९ गते (विहिबार) दिउँसो देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि देशका पश्चिमि र मध्य भूभागमा आशिंक देखि सामान्य बदलि हुने सम्भावना रहेको छ। साथै देशका पूर्वि भूभागका पहाडी क्षेत्रमा पनि आशिंक देखि सामान्य बदलि हुने सम्भावना रहेको छ। देशका पश्चिमी र मध्य भू ागका केहि स्थानहरुमा र पूर्वी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ । राति देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही पहाडी भू भागका केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ १० गते (शुक्रबार) दिउँसो देशको पहाडी भूभागहरूमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ। देशका अन्य क्षेत्रमा आंशिक बदली को सम्भावना रहेको छ। रातिस् देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही देशका पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी तथा मध्य क्षेत्रका १र२ स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ११ गते (शनिबार) दिउँसोस् देशको पूर्वी भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहि मध्य र पश्चिमि क्षेत्रका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदलि को सम्भावना रहेको छ। अपरान्ह पछि देशको पूर्वी भूभागहरूमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ। देशका मध्य र पश्चिमि क्षेत्रका पहाडी भू(भागहरूमा मेघ गर्जन सहितको वर्षाको सम्भावना छ । राति देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदलि रही देशका पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी तथा मध्य क्षेत्रका एक दुई स्थानमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: