दुवैले हेल्मेट लगाउनुपर्ने नियम : यात्रुको सुरक्षा कि व्यापारीको चंगुलमा सरकार ? « Nagarik Khabar

दुवैले हेल्मेट लगाउनुपर्ने नियम : यात्रुको सुरक्षा कि व्यापारीको चंगुलमा सरकार ?



काठमाडौं । यातायात व्यवस्था विभागले मोटरसाइकलको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम पुरानै व्यवस्था भएको जनाएको छ । विभागका महानिर्देशक कुमार प्रसाद दाहालका अनुसार महानगरीय ट्रफिक प्रहरीले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउने नियम कार्यान्वयनका लागि सुझाव गरेको छ तर, विभागले भने तत्काल कुनै निर्णय गर्ने सोचमा नभएको जनाएको छ ।

महानगरीय ट्रफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले भने दुर्घटना न्यूनीकरण गर्न हेल्मेट पनि महत्वपूर्ण रहेको बताउँछन् । बजारमा हेल्मेटको मागसँगै मूल्य वृद्धि नहोला भन्न पनि सकिन्न तर, सुरक्षालाई मूल्यसँग तुलना गर्न नुहने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको भनाइ छ ।

तर उपभोक्ता अधिकारवादी भने सुरक्षाभन्दा पनि व्यापार गर्न खोजिएको बताउँछन् । कहिले नियम लागु गर्ने कहिले हटाउने सरकारको कामप्रति नै अधिकारवादी हरु शंका गर्छन् ।

कन्ज्युमर इवाईई (उपभोक्ता आँखा) नेपालकी अध्यक्ष विमला खनाल भन्छिन्, ‘सुरक्षाका हिसाबले ठीक छ तर कहिले हटाउने कहिले राख्ने गर्दा सरकारी निकाय र व्यापारीको साँठगाँठ हो कि भन्ने देखिन्छ । व्यापारीको चंगुलमा फसेर सरकारले निर्णय गर्दैछ कि भन्ने पनि देखिन्छ ।’

१० अर्बको हेल्मेट

विभागले ऐन लागू गर्यो भने नेपालमा झण्डै १० अर्बको हेल्मेट खपत हुन्छ । सरकारी तथ्यांकअनुसार हाल नेपालमा २५ लाख ५० हजार मोटरसाइकल छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: