बैतडीमा आगलगीबाट एकै परिवारका तीन जनाको मृत्यु « Nagarik Khabar

बैतडीमा आगलगीबाट एकै परिवारका तीन जनाको मृत्यु



बैतडी । गएराती आगलागी हुँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–५, कुवाकोटका अन्दाजी ५० वर्षीय करे लुहार उनकै ४५ वर्षीया उनकै श्रीमती बिन्द्रा र ८ वर्षीय छोरा मजोजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल बैतडीले जनाएको छ ।

बुधबार राति करिब साढे १० बजे पुर्चौडी नगरपालिका–७, गिरीजाबगर बसपार्क छेउमा टहरो बनाएर बस्दै आएका उनीहरुको टहरोमा आगलागी हुँदा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरीले जानकारी दिए ।

आगलागीको जानकारी पाएपछि स्थानीय र पुरघाट प्रहरीचौकीबाट प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको हो। मृत्यु भएका तीन जनाको शव पोष्टमार्टमको लागि प्राथमिक उपचार केन्द्र पाटन ल्याउँदै छ भने घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: