मलेसियामा पूर्वराजा शाहको निधन « Nagarik Khabar

मलेसियामा पूर्वराजा शाहको निधन



एजेन्सी । मलेसियन फुटबल खेलाडी सुल्तान अहमद साहको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । उनी मलेसियाका सोह्रौ राजा भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । समाचार अनुसार उनी पाहाङ राज्यबाट केन्द्रीय राजा बनेका हुन ।

त्यहाँका मुख्यमन्त्री वान रोस्डी वान स्माइलले वक्तव्य जारी गर्दै पूर्वराजाको निधन भएको जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्। राजधानी क्वालालमपुरमा रहेको राष्ट्रिय मुटु अस्पतालमा उनको निधन भएको वक्तव्यमा उल्लेख गरिएको छ । सन् १९३० मा जन्मिएका अहमद शाह सन् १९७४ मा पाहाङ राज्यको राजा बनेका थिए भने सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष राजा बनेका थिए ।

मलेसियाका १३ प्रदेशमध्ये नौ प्रदेशमा छुट्टाछुट्टै राजा रहने र ती राजामध्ये पालैपालो केन्द्रीय राजा चुनिने व्यवस्था रहेको छ। मलेसियामा अहिले सुल्तान अब्दुल्ला अहमद साह राजा छन् । निर्वाचित संवैधानिक राष्ट्रप्रमुखका रूपमा उनी मलेसियाको १६औँ राजा हुन्।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: