लुटेरालाई नियन्त्रणमा लिन गोली प्रहारः एक घाईते, आठ पक्राउ « Nagarik Khabar

लुटेरालाई नियन्त्रणमा लिन गोली प्रहारः एक घाईते, आठ पक्राउ



धनुषा । धनुषा प्रहरीले एक लुटेरा समुहलाई बुधबार राती गोली हानी नियन्त्रणमा लिएको छ। लुट्ने योजना बनाएर भारतको समस्तिपुरबाट नेपाल छिरेका ८ जनालाई नियन्त्रणमा लिएको धनुषा प्रहरी कार्यालयका प्रमुख शेखर खनालले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिनको लागि गोली समेत प्रहार गरेको छ । प्रहरीको गोली लागि एक भारतीय नागरिक घाइते भएको प्रहरी प्रमुख खनालले भने । उनका अनुसार घाईतेको जनकपुर अस्पतालमा उपचार भैरहेको छ ।

उनीहरुले जनकपुर उपमहानगरपालिका विहारकुण्ठ मन्दिरका महन्तमाथि लुटपाट गर्न र मन्दिरको सम्पति लुट्ने योजना बनाएर नेपाल छिरेको थिए । ‘मन्दिरको रकम लुट्ने योजना बनाएर आएका रहेछन् प्रहरीले पहिले नै खबर पाएपछि निगरानी बढाएका थियौ’, प्रहरी प्रमुख खनालले भने ।

प्रहरीले उनीहरुको साथबाट एक थान सिक्सर पोस्तोल, एक थान कटुवा पेस्तोल र छ राउण्ड गोली, भारतिय नम्वरको स्कुटि समेत बरामद गरेको छ। जनकपुरमा यसअघि पनि भारतीय डाँका समूहले लुटपाट गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: