देउवाको पेटमा समस्याः उपचार गर्न गए सिंगापुर « Nagarik Khabar

देउवाको पेटमा समस्याः उपचार गर्न गए सिंगापुर



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन् । पेटमा समस्या भएपछि देउवा त्यसको उपचारका लागि बुधबार राति सिङ्गापुर प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

पेटसम्बन्धी समस्या झेल्दै आइरहेका देउवाले सिङ्गापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराने भएका छन् । चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । पत्नी आरजू राणासहित सिङ्गापुर गएका देउवा जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: