बाजुरामा बालिका करणी अभियोगमा एक युवक पक्राउ « Nagarik Khabar

बाजुरामा बालिका करणी अभियोगमा एक युवक पक्राउ



बाजुरा । जबरजस्ती करणी गरी फरार एक अभियुक्त पक्राउ परेका छन् । बाजुराको खप्तड छेडदह गाउँपालिका४, गुदुखाती बस्ने वर्ष १८ का अमर बहादुर धामी पक्राउ परेका हुन् ।

गत जेठ ८ गते साँझ साढे ७ बजे समयमा धामीले सोही स्थान बस्ने एक ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए।

उनलाई बुधबार राती सोही वडाको भगाड भन्ने स्थानमा लुकीछिपी रहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरको हो। उनलाई थप ‍अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: