आगलागीबाट एक घण्टामा १४ लाखको क्षति « Nagarik Khabar

आगलागीबाट एक घण्टामा १४ लाखको क्षति



काठमाडौं । करिब १ घण्टाको अवधिमा देशका विभिन्न २ स्थानमा आगलागी हुँदा करिब १४ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्याङजा र पाल्पामा भएका छुट्टाछुट्टै आगलागीमा सो क्षति भएको हो ।

आगलागीका घटनामा भएका उक्त क्षतिमध्ये स्याङजा गल्याङ नगरपालिका ९ मनहरी बस्ने शालिकराम खनाल लगायत ३ जनाको खरले छाएको कच्ची घरमा आगलागी हुँदा घर र घरभित्र रहेको विभिन्न सरसामान, अन्नपात लत्ताकपडा समेत जलेर करिब ९ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

यसैगरी पाल्पा रैनादेबी छहरा गाउँपालिका ६ जुठापौवा बस्ने बेदबहादुर जिसिको भैरव स्टोरमा आगलागी हुँदा स्टोरका सम्पूर्ण सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बच्ने उपायबारे जानकारी समेत गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: