प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै « Nagarik Khabar

प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै



बुटवल । प्रदेश ५ सरकारले आज प्रदेशसभामा आफ्नो नीति कार्यक्रम प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारका तर्फबाट नीति कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रदेश योजना आयोगले तयार पारेको प्रदेशको भौगोलिक, आर्थिक क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, वातावरणीय अवस्था, दीगो विकास लक्ष्यलगायतमा प्रदेशको अवस्था समेटेर प्रदेशको वस्तुस्थिति विवरणका आधारमा सरकारले नीति कार्यक्रम प्रस्तुत गर्नेछ । पाँच वर्षमा आर्थिक वृद्धिदर ९.५ प्रतिशत पु¥याउने लक्ष्य लिएको प्रदेश सरकारले प्रदेशका भौतिक पूर्वाधारका क्षेत्रलाई नै प्राथमिकतामा राखेको छ । तर नीतिगत हिसाबले भने कृषि, उद्योग र पर्यटनलाई राखेको छ ।

प्रदेश समृद्धिको आधार कृषि, उद्योग र पर्यटन मानेको सरकारले नीतिगत रुपमा यी क्षेत्रलाई नै प्राथमिकता दिए पनि तत्कालको आवश्यकताअनुसार भौतिक पूर्वाधारमा धेरै बजेट ल्याउने सोच बनाएको छ ।‘नीतिगत तहमा त हामी कृषि, उद्योग र पर्यटनलाई नै प्राथमिकतामा राखेका छौँ र हाम्रो लक्ष्य पनि त्यही नै हो, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ भने । अघिल्लो आर्थिक वर्षको भन्दा अलिक फराकिलो दायरा बनाएर प्रदेश सरकारले नीति तय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: