पदक जित्ने खेलाडीलाई सशस्त्रको सम्मान « Nagarik Khabar

पदक जित्ने खेलाडीलाई सशस्त्रको सम्मान



काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले विभागीय क्लब एपीएफले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीलाई सम्मान गरेको छ ।हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले खेलाडीलाई सम्मान गरेका हुन् ।

वैशाखमा पाँच नम्बर प्रदेशका विभिन्न स्थानमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा एपीएफ ५४ स्वर्ण, ६९ रजत र ८० कास्यसहित कुल २०२ पदक पदक जित्न सफल भएको थियो ।स्वर्ण विजेता खेलाडीलाई जनही १० हजार, रजत विजेतालाई ७ हजार र कास्य विजेतालाई ५ हजार नगदले सम्मान गरेको एपिएफले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: