पोखराको लेकसाइडमा पनि खुल्यो किंग्स लाउञ्ज « Nagarik Khabar

पोखराको लेकसाइडमा पनि खुल्यो किंग्स लाउञ्ज



पोखरा । किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो ।

बिहीबार साँझ लाउञ्जको औपचारिक उद्घाटन हुँदैछ । दीपक बज्राचार्य तथा रिदम व्याण्डले उद्घाटनको अवसरमा आफ्नो प्रस्तुती दिने कार्यक्रम छ ।

किंग्स लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले काठमाण्डौंको दरबारमार्गमा लाउञ्जले पाएको सफलताबाट उत्साहित भएर पोखरामा सेवा सुरु गरेको बताए ।

संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सञ्चालनमा आएको लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ ।

हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: