दिल्लीमा टिकटक सेलिब्रेटीको हत्या « Nagarik Khabar

दिल्लीमा टिकटक सेलिब्रेटीको हत्या



एजेन्सी । भारतको दिल्लीमा एक जना टिकटक सेलिब्रेटीको हत्या भएको छ ।

भारतको दिल्लीस्थित नजफगढ़मा ‘टिकटक’ सेलिब्रेटी तथा जिम ट्रेनर मोहित मोरको गत आइतबार गोली हानेर हत्या गरिएको हो ।

साथीको पसलमा बसिरहेका बेला उनलाई तीन जनाको समुहमा आएका व्यक्तिले गोली हानेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार, उनको छातीमा १३ वटा गोली लागेको थियो ।

मोहित ‘टिकटक’ का चर्चित सेलिब्रेटी हुन् । ‘टिकटक’ मा उनका पाँच लाखभन्दा बढी फलोअर छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: