पाँचथर हत्याकाण्ड : मृतक नौजनाको अन्त्येष्टि « Nagarik Khabar

पाँचथर हत्याकाण्ड : मृतक नौजनाको अन्त्येष्टि



पाँचथर । पाँचथरको आरूबोटेमा हत्या गरिएका नौजनाको शवलाई छुट्टाछुट्टै ठाउँमा अन्त्येष्टि गरिने भएको छ।

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सबै शवको पोष्टमार्टमपछि बिहीबार बिहान पाँचथर ल्याइपुर्‍याइएको हो ।

हत्या गरिएका धनराज सेर्मासहित श्रीमती जस्मिता फियाक सेर्मा, छोरीहरु युहाना र मुना तथा भतिजी इक्साको शवलाई सराङ्डाँडाको नसुवा खोलामा अन्त्येष्टि गरिएको छ ।

धनराजका ससुरा बमबहादुर फियाक, उनका श्रीमती पुर्सिमाया, कान्छी छोरी मनकुमारी र नातिनी आशिका खजुमको भने आरूबोटेको फाल्गुनन्द आधारभूत विद्यालय छेउको चिहानडाँडामा अन्त्येष्टि गरिएको छ ।

हत्यामा संलग्न भनिएका मानबहादुर माखिमको शव भने परिवारलाई जिम्मा दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: