प्रधानमन्त्रीकप क्रिकेट : मूलपानीमा अझै दुई दिन खेल नहुने « Nagarik Khabar

प्रधानमन्त्रीकप क्रिकेट : मूलपानीमा अझै दुई दिन खेल नहुने



काठमाडौं । शुक्रबारबाट सुरु हुने भनिएको प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिताको दुई मैदानमध्ये मूलपानीको तल्लो मैदानमा अझै दुई दिन खेल सञ्चालन नहुने भएको छ ।

नेपालय इन्टरनेसनलसँगको सहकार्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबारबाट सञ्चालन गर्न लागेको प्रधानमन्त्रीकप अन्तर्गत एकै दिन कीर्तिपुर र मूलपानीको तल्लो मैदानमा खेलहरू खेलाइने जनाइएको थियो ।

यद्यपि प्रतियोगिताको एक दिन अघिसम्म पनि मैदान खेल्न योग्य नभएपछि प्रधानमन्त्रीकप अन्तर्गत मूलपानी मैदानमा खेल सञ्चालन हुने सम्भावना न्यून बनेको छ । राखेपले कुनै तयारीबिना नै घोषणा गर्दा प्रतियोगिताका खेलहरू नै अन्योलमा परेको हो ।

घासबिनाको मूलपानी मैदानको आउटफिल्ड अझै धूलाम्य छ । पिच अझै प्रतियोगिताका लागि तयार भइसकेको छैन । मैदानको ‘लेवलिङ’ गरिएको छैन ।

सोही कारण मूलपानी मैदानमा हुने भनिएको खेल कम्तिमा दुई दिन पछि सार्ने तयारी भइरहेको राखेप स्रोतले जनाएको छ । त्यसका लागि आजै साझ राखेपमा आयोजक समितिको बैठक समेत बोलाइएको छ ।

हेर्नुहोस्, प्रतियोगिता सुरु हुनु एक दिन अघि मूलपानीको तल्लो क्रिकेट मैदानको अवस्था,

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: