के गर्दैछिन बेलायतमा गायिका भूमिका गिरी ? « Nagarik Khabar

के गर्दैछिन बेलायतमा गायिका भूमिका गिरी ?



लण्डन । नेपालकी चर्चित लोक तथा दोहोरी गायिका भुमिका गिरीले बेलायतको विभिन्न सहरमा आफ्नो प्रस्तुती दिने भएकी छन् । उनी पर्वत वेलफेयर सोसाईटी बेलायतको निमन्त्रणामा गत मंगलबार २३ मे का दिन बेलायत आएकी हुन् ।

अत्यन्त मिठो स्वरकी धनी गिरी पर्वत वेलफेयर सोसाईटीको गत ६ मे का दिन सम्पन्न नयाँ बर्ष कार्यक्रमका लागि आउन लागेकी थिईन । तर, उनको भिसा ढिलो प्राप्त भएकोले सो कार्यक्रममा उनी सहभागी हुन सकिनन् । उनले ूतिउन मिठो बनायो चुकैले, हङ्गकङ्गको चुरोट गोरखपुरको सलाई, पंचेबाजाू लगायत करीब ४ दर्जन गीत गाइसकेकी छन् ।

स्टेज क्वीनको रुपमा समेत परिचित गिरीले बेलायत लगायत करीब १६ वटा देशमा बसोबास गर्ने नेपालीहरुबीच आफ्नो सांगीतिक कोशेली पस्कीसकेकी छन् । उनले आउने शनिबार एनआरएनए युकेको कार्यक्रममा आफ्नो प्रस्तुती दिने छन् भने आयोजकको अनुरोधमा बेलायतका विभिन्न सहरमा समेत आफ्नो सांगीतिक प्रस्तुति दिने बताउछिन ।

-तस्वीर : मिलन तमु

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: