सगरमाथा सफाई अभियानमा भेटिएको चार शव काठमाडौं ल्याइयो « Nagarik Khabar

सगरमाथा सफाई अभियानमा भेटिएको चार शव काठमाडौं ल्याइयो



काठमाडौं । सगरमाथा हिमाल सफाई अभियानको क्रममा भेटिएको ४ वटा शव काठमाडौं ल्याएको छ । बिहिबार मनाङ एयरबाट काठमाडौं ल्याइएको हो ।

नेपाल पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, नेपाली सेना र नेपाल पर्यटन बोर्ड लगाएतले सगरमाथा सरसफाई अभियान थालेका थिए ।

नेपाल पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सगरमाथा आरोहणको क्रममा निधन भएका चार आरोहीहरुको शव काठमाडौं ल्याइएको जानकारी दिए ।

‘आइसफलबाट एकबाट एक जना, क्याम एक बाट एक जना, क्याम दुईबाट एक र रसियन नागरिक गरी चार जनाको शव काठमाडौं ल्याएकाछौं,’ उनले भने,‘कुन मितिमा उनीहरुले कहिले आरोहण गरेको भन्ने तथ्य छैन । उनीहरुको शव डिएनए परिक्षणका लागि टिचिङ हस्पिटल राखिएको छ ।’

सगरमाथा सफाईको क्रममा अरु शवहरु पनि विस्तारै भेटिन सक्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: