खुल्ला सरकार : नागरिक साझेदारी अवधारणाबारे छलफल « Nagarik Khabar

खुल्ला सरकार : नागरिक साझेदारी अवधारणाबारे छलफल



  • शेरबहादुर भुजेल

दोलखा । खुल्ला सरकार : नागरिक साझेदारी अभियानका बारेमा छलफल कार्यक्रम दोलखा सदरमुकाम चरिकोटमा विहिबार सम्पन्न भएको छ ।

नागरिक समाजका संस्था र सञ्चार संस्था विच खुल्ला सरकार अवधारणाका बारेमा छलफल गर्न आयोजित कार्यक्रमका सहभागीहरुले नेपालले खुल्ला सरकार अवधारणालाई अबलम्बन गरी नागरिक समाजसँगको साझेदारीलाई बढाउनु पर्नेमा जोड दिएका छन् ।

हुराडेक नेपाल दोलखाले युएसएआईडीको आर्थिक सहयोगमा एफएचआई ३६० सँगको साझेदारीमा सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजनाले आयोजना गरेको कार्यक्रममा हुराडेक नेपालका कार्यकारी निर्देशक सुन्दर लामिछानेले खुल्ला सरकार नागरिक साझेदारीका बारेमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

अवधारणा प्रस्तुत गर्नु हुँदै लामीछानेले लोकतन्त्रमा सरकारलाई नागरिकसँग नजिक बनाई पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नका लागि सरकार र नागरिक समाजका संस्थाहरु बीच सहकार्य बढाउनुका लागि विश्वव्यापी अभियानका रुपमा खुल्ला सरकार नागरिक साझेदारीको अवधारणा र अभ्यास सुरु भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा लामिछानेले सरकारसँग नागरिक सहभागितालाई सुनिश्चित गर्नका लागि खुल्ला सरकार नागरिक साझेदारीमा जानु पर्ने बताउनुभयो । विश्वका ८० देश खुल्ला सरकार नागरिक साझेदारी अभियानमा सदस्य भई ज्ञान, सीप र स्रोतको साझेदारीमार्फत सुशासन र सेवा प्रवाहको क्षेत्रमा काम गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा खुल्ला सरकार नागरिक साझेदारी अभियानको लागि सदस्य प्राप्तिका लागि सदस्य बन्न योग्य रहेको जानकारी गराइयो । सुल्ला सरकार नागरिक साझेदारीका लागि वित्तिय पारदर्शिता, सूचनाको हक, सम्पक्ति तथा दायित्वको घोषणा र नागरिक सहभागिताका क्षेत्रमा न्युनतम ७५ प्रतिशत अंक प्राप्त गर्नुपर्नेमा नेपालले ८१ प्रतिशत अंक प्राप्त गरेको हुँदा नेपाल सरकार, खुल्ला सरकार नागरिक साझेदारी अभियानमा सहभागि हुन योग्य रहेको जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: