नक्सामै सीमास्तम्भ गायब, २७ बर्षदेखि तथ्यांकमा छैन « Nagarik Khabar

नक्सामै सीमास्तम्भ गायब, २७ बर्षदेखि तथ्यांकमा छैन



दोलखा । दोलखाको उत्तरी भूभाग कोर्लाङबारीमा रहेको सीमा पिलर नापी विभागको नक्सामै गायब भएको पाइएको छ ।

नेपाल चीन सीमाको ५७ नम्बर पिलर २७ बर्षदेखि तथ्यांकमा नभएको समाचार आजको अन्न्पूर्ण पोस्ट दैनिकले पृष्ठ ३ मा छापेको छ ।

सन् २०१६ मा फिल्ड प्रमाणीकरण गरेको स्थलरुप (ट्रोपोम्याप) मा समेत उल्लेख छैन ।

त्यहाँको पिलरबारे नेपाल र चीनको धारणा बाझिएपछि हटाइएको हुनसक्छ, स्थानीय लाक्पा शेर्पाले भने, त्यसयता स्तम्भ पनि हराएको छ ।

यस जिल्लामा पाँच वटा सीमास्तम्भ छन् । पिलर सार्न निनियाँ सेनाले बेला बेला दुख दिने गरेको लप्चीका बासिन्दाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: