गुण्डागर्दी गर्ने दुई जनालाई अदालतमा बयान दिन आदेश « Nagarik Khabar

गुण्डागर्दी गर्ने दुई जनालाई अदालतमा बयान दिन आदेश



 

काठमाडौं । अदालत परिसरभित्रै गुण्डागर्दी गर्दै कानुन व्यवसायी र पक्षलाई मार्ने धम्की दिने दुइजनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले आफैं बयान गर्न उपस्थित हुन आदेश दिएको छ।

जिल्ला न्यायाधीश दिपक कुमार खरेलको इजलासले झापाका विनोद मैनाली र शिवहरी मैनालीलाई अदालतमा गुण्डागर्दी गर्नुको कारण सहित सातदिनभित्र आफैं उपस्थित हुन आदेश दिएको हो।

आइतबार अधिवक्ता अनन्तराज लुईंटेल र उनका सहयोगी एवं मुद्दाका पक्षलाई मुद्दा फिर्ता नलिए मार्ने धम्की दिएपछि मैनालीद्धय विरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको थियो। अंशचलन मुद्दामा लुईंटेलले फरक शारीरिक क्षमता भएका जेष्ठ नागरिक गोपाल प्रसाद मैनाली र बालकृष्ण मैनालीलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: