सिरहा । झापाबाट काठमाडौ आउदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु २५ जना घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।
ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाडौं आउदै गरेको बस पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।