कतै मेघ गर्जनसहित वर्षा, कतै प्रचण्ड गर्मी ! « Nagarik Khabar

कतै मेघ गर्जनसहित वर्षा, कतै प्रचण्ड गर्मी !



काठमाडौँ । आज काठमाडौं उपत्यका र देशको पहाडी भूभागहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपरान्हपछि सामान्य बदली भई थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको ।राति पनि आंशिकदेखि सामान्य बदली रहने र पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी तथा मध्य क्षेत्रका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ तीन दिनको मौसमसम्बन्धी विवरणः

जेष्ठ १० गते (शुक्रबार)

दिउँसो देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि , बाँकी भूभागमा आंसिक बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि , बाँकी भूभागमा आंसिक बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ११ गते (शनिबार)

दिउँसो देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि अपरान्ह पछि सामान्य बदलि भई देशको पूर्वी भूभागका केहि स्थानहरुमा र पश्चिमि र मध्य भूभागका एक/दुई स्थानहरूमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।राति देशका पहाडी भूभागमा आंसिक बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ र बाँकी भूभागमा सामान्य तय सफा मौसम सफा रहने देखिन्छ ।

जेष्ठ १२ गते (आइतबार)

दिउँसोस् देशका पहाडी भूभागमा आंसिक बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ र बाँकी भूभागमा सामान्य तय सफा मौसम सफा रहने देखिन्छ ।राति देशका पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि भई देशको पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी र मध्य भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा आंसिक बदलि रहने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: